Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

नेपालमा थप १०५६ जनामा कोरोना संक्रमण, १४ जना संक्रमितको मृत्यु

नेपालमा थप १०५६ जनामा कोरोना संक्रमण, १४ जना संक्रमितको मृत्यु


  • 7.4K
    Shares

    नेपालमा थप १०५६ जनामा कोरोना संक्रमण, १४ जना संक्रमितको मृत्यु
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    सोमबार थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

    आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ५ हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ ।

     

     

     

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १६:२०:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij