Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

राष्ट्रपति भण्डारीले नाइँ मलाई त्यही ओली प्रधानमन्त्री नै चाहिन्छ भन्दै वकिलले बहस गरेपछि...

राष्ट्रपति भण्डारीले नाइँ मलाई त्यही ओली प्रधानमन्त्री नै चाहिन्छ भन्दै वकिलले बहस गरेपछि...


  • 10.6K
    Shares

    राष्ट्रपति भण्डारीले नाइँ मलाई त्यही ओली प्रधानमन्त्री नै चाहिन्छ भन्दै वकिलले बहस गरेपछि...
    images

    काठमाडौं । कांग्रेस सभापति एवं प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालगायत विघटित प्रतिनिधिसभाका १४६ सांसदले दायर गरेको निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

    आजको बहसमा रिट निवेदकका तर्फबाट गोविन्द बन्दीले बहस गरेका छन् । उनले विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले फेरि प्रधानमन्त्रीमा दाबी गर्न नमिल्ने तर्क गरेका छन् ।

    “कन्फिडेन्स लुज गरेको प्रधानमन्त्रीले फेरि दाबी गर्न मिल्दैन । जसले कन्फिडेन्स लुज गरेको छ, फेरि त्यही व्यक्तिले मलाई प्रधानमन्त्री बनाउनुपर्‍यो भन्न मिल्छ श्रीमान् ?,” बन्दीको प्रश्न थियो ।

    बन्दीलाई नै फेरि त्यही बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रश्न गरे– के त्यसो भए ७६(२) मा सरकार बनाउन नसक्नेले ७६९५० अनुसार गर्न मिल्छ त ?”

    प्रधानन्यायाधीशको प्रश्नमा बन्दीले भने, “७६९२० दलीय आधारमा हो श्रीमान् ।  तर ७६ (५) होइन ।”

    त्यसो भए ५ को प्रक्रिया सुरु गर्ने समय भएको थियो ? प्रधानन्यायाधीशको प्रश्न थियो । बन्दीले भने प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि पत्र  लेखेर सुरु भएको जवाफ दिएका थिए ।

    बन्दीले नेकपा एमालेमा माधवकुमार नेपालको बहुमत रहेको र नहरेको हेर्ने निकाय राष्ट्रपति कार्यालय नभएको तर्क अघि सारेका थिए ।

    “माधव नेपालको बहुमत छैन भन्ने राष्ट्रपति को ?,” उनको प्रश्न थियो, “राजनीतिक दलसम्बन्धी ऐनले कुन 
    पनि सांसदलाई कारबाही गर्ने र दल त्याग गरेको ठहर्न केन्द्रीय समितिको बहुमतबाट निर्णय हुनुपर्छ राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्रा-टुक्रा पारेको बन्दीको भनाइ थियो । राष्ट्रपति राजनीतिमा आएको भन्दै बहस टुंग्याउने क्रममा बन्दीले भने, ‘बालहठ जस्तै नाइ मलाई तेही केटी चाहिन्छ भन्ने गीतजस्तै राष्ट्रपतिले नाइ मलाई त्यही प्रधानमन्त्री चाहिन्छ भने झैँ  गर्नुभयो ।’

    प्रकाशित मिति :आषाढ ९ २०७८ बुधवार - १३:२३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij