Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सर्वोच्चको आदेशले मन्त्रिपरिषद पाँच सदस्यमा खुम्चियो, विष्णु पौडेलको उपप्रधानमन्त्री भने जोगियो

सर्वोच्चको आदेशले मन्त्रिपरिषद पाँच सदस्यमा खुम्चियो, विष्णु पौडेलको उपप्रधानमन्त्री भने जोगियो


  • 7.9K
    Shares

    सर्वोच्चको आदेशले मन्त्रिपरिषद पाँच सदस्यमा खुम्चियो, विष्णु पौडेलको उपप्रधानमन्त्री भने जोगियो

    सर्वोच्च अदालतले मंगलबार दिउँसो दिएको आफ्नै आदेश साँझमा सच्याएको छ । पछिल्लोपटक संसद विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद विस्तारलाई अवैधानिक ठहर्याएको सर्वोच्चको आदेशमा विष्णु पौडेललाई भने उपप्रधानमन्त्रीकै रुपमा सम्बोधन गरेको थियो । 

    पौडेल त्यसअघिकै मन्त्रिपरिषदमा अर्थमन्त्री रहे पनि पछिल्लो विस्तारमा उनलाई उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी दिइएको थियो । संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तारलाई  बदर गर्ने तर पौडेललाई उपप्रधानमन्त्री उल्लेख गर्ने आदेश विरोधाभाषपूर्ण देखिएको थियो । 

    अन्ततः सर्वोच्चले विष्णु पौडेललाई भूलवश उपप्रधानमन्त्री उल्लेख गरिएको जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको उक्त आदेशसच्याएर अर्को आदेश लेख्ने तयारी भइरहेको बुझिएको छ ।

    सर्वोच्च स्रोतले संसद विघटनपछि विस्तार गरिएको मन्त्रिपरिषद बदर भनेपछि पौडेल उपप्रधानमन्त्री नरहने भन्दै आदेश सच्चिएर आउने जानकारी दिएको छ । 

    यो आदेशसँगै अब मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीका अतिरिक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ मात्र रहनु भएको छ ।

     

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - २०:००:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij