Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

ललितपुरमा ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज भोलिदेखि लगाइने

ललितपुरमा ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज भोलिदेखि लगाइने


  • 10.5K
    Shares

    ललितपुरमा ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज भोलिदेखि लगाइने

    काठमाडौं । ललितपुर महागरपालिकामा भोलिदेखि कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाइने भएको छ । भोली (बुधबार) बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पहिलो खोप लगाएका महानगरवासीलाई खोप लगाउन लागिएको हो ।

    यसअघि पहिलो डोज लगाएका ७७ वर्षमाथिका दुई हजार २२० जना ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी दुई हजार ५०० जनाले खोप लगाउन पाउनेछन् ।

    खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर उपस्थित हुनु पर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

    खोप लगाउनका लागि लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा केन्द्र तोकिएको छ ।

    la.jpg

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १४:००:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij