२०८२ माघ १३ गते मंगलवार
मेलम्चीका बाढी पीडितको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ । बाढीबाट कटान रोक्नका लागि स्काभेटर लिन जाने क्रममा बाटोमा करेन्ट लागेर मेलम्ची बजारका अन्दाजी ४५ वर्षे धर्मराज दुलालको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
मेलम्ची बजारका उनी तरकारी पसल गर्थे । बाढीले पसल गर्ने अवस्था नरहेको उनी मेलम्ची नगरपालिका वडा १० स्थित माझी गाउँतिर हिँडेका थिए । वडा १० मा क्रसर रहेको त्यही जाने तयारीमा निस्केका उनी करेन्टले हानेर पल्टिएको अवस्थामा भेटिएको प्त्यक्षदर्शी टेकबहादुर तामाङले बताए ।
'खानेपानीको अफिस भन्दा अलि तल पुल छ । त्यही छेउमा फलामे पोल ढालेर करेन्ट लागेछ,' तामाङले भने, 'सायद पोल आज बिहान ढलेको हुनुपर्छ । मेसिन लाउने भनेर निस्केको थियो भन्ने कुरा आयो ।' मेलम्चीबाट शिखरपुर नवलपुरतर्फ ल्याएको फलामे पोललाई बाढीले तानेर ढालेको बताइएको छ । मृतकको मुचुल्का उठाइसकेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij