Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मंगलबारदेखि टुटल-पठाओ समेत सञ्चालनमा आउने, यस्तो छ तयारी

मंगलबारदेखि टुटल-पठाओ समेत सञ्चालनमा आउने, यस्तो छ तयारी


  • 7.8K
    Shares

    • images
    मंगलबारदेखि टुटल-पठाओ समेत सञ्चालनमा आउने, यस्तो छ तयारी
    images

    काठमाडौं । जारी निषेधाज्ञा खुकुलो हुँदै गएसँगै राइड शेयरिङ प्लेटफर्म टुटल-पठाओ समेत सञ्चालनमा आउने भएका छन् । ८ गते मंगलबारदेखि निजी निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु भएसँगै त्यही नीति अनुसार राइड शेयरिङ समेत सुचारु हुने भएका हुन् ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबारको बैठकले ८ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । जसअनुसार निजी सवारीसाधनसँगै ट्याक्सी र टुटल-पठाओ समेत सञ्चालनमा आउने भएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जोर बिजोर प्रणाली अनुसार नै राइड शेयरिङ सेवा समेत सञ्चालनमा आउने जानकारी दिए । निषेधाज्ञाको समयमा राइड शेयरिङ एपहरुमा बुकिङ ब्लक गरेर राखिएको थियो ।

    उपत्यकाका प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार एपमा बुकिङ इनेबल गरिने टुटलका सीईओ शिक्षित भट्टले जानकारी दिए । ‘हामीले सिस्टमबाटै जोर बिजोर अनुसार बुकिङ खुला गर्न समेत सकिन्छ,’ उनले भने, ‘त्यसै अनुसार राइड शेयरिङ खुला गर्ने योजनामा छौं ।’

    निजी सवारी साधन कार, जीप, भ्यानमा बढीमा चारजना, ट्याक्सीमा बढीमा तीनजना मात्र सवार हुन पाउने छन् । मोटरसाइकल, स्कुटी जोरबिजोर प्रणालीमा चल्नेछन् । सबै सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वाास्थ्यकर्मी, कृषि, मल, बिउविजन, पशु चिकित्सकलगायत अत्यावश्यक सवारी साधन निर्वाध रुपमा रुपमा सञ्चालन हुनेछन् । सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन् ।

    त्यस्तै अन्य पसलहरु बार अनुसार खुला गर्ने निर्णय समेत भएको छ । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् ।

    त्यस्तै, अटोमोबाइल र पार्टपूर्जा उपलब्ध हुने पसल पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।

    बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल भने हरेक दिन ११ बजेसम्म खुल्नेछन् ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १९:५३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij