Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

पोखरामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

पोखरामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु


  • 183
    Shares

    पोखरामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु
    images

    काठमाडौं । कास्कीको पोखरामा स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको रौतामाई गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३२, मझुवा बस्दै आएका ५४ वर्षीय विष्णु आले छन् । 

    गत कात्तिक १४ गते साँझ पोखरा–३२, धर्मकाटास्थित पृथ्वी राजमार्गमा पैदलयात्रा गर्दै गरेका आलेलाई ग १२ प ५८२५ नम्बरको स्कुटरले ठक्कर दिएको थियो ।

    दुर्घटनामा गम्भीर घाइते भएका आलेलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले बुधबार मृत घोषणा गरेका हुन् ।

    दुर्घटनामा स्कुटर चालक तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडाकी २८ वर्षीया सृष्टि तिमिल्सिना घाइते भएकी छन् । उनको उपचार भइरहेको छ ।

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १५:०४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij