Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

डा. गोविन्द केसीको जीवन रक्षाका लागि चिकित्सक संघले गर्‍यो सरकारसँग आग्रह

डा. गोविन्द केसीको जीवन रक्षाका लागि चिकित्सक संघले गर्‍यो सरकारसँग आग्रह


  • 386
    Shares

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि चिकित्सक संघले गर्‍यो सरकारसँग आग्रह
    images

    काठमाडौं । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेको छ।

    बिहीबार संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा। विश्वराज दवाडीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

    सरकारले गरेका नियुक्ति सच्याउन र विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै डा.केसी आठ दिनदेखि सत्याग्रहमा छन्। लामो समयदेखि अनशनरत उनको स्वास्थ्यमा जटिल समस्या देखिएको संघले जनाएको छ।

    संघले डा। केसीसँग तत्काल वार्ताको वातावरण बनाउन, उनले उठाएका जायज माग सम्बोधन गर्न र समस्याको समाधान खोज्न सरकारसँग माग गरेको छ।

    त्यस्तै, डा। केसीको जीवन रक्षाका लागि आवश्यक कदमबारे छलफल गर्न संघले शुक्रबार दिउँसो १ बजे आफ्नो कार्यालयमा कार्यक्रम आयोजना गर्ने जनाएको छ।

    यसअघि भएका सहमति कार्यान्वयन नगरेको र सहमतिविपरीत स्वार्थ बाझिने गरी स्वास्थ्य संस्थाहरूमा नियुक्ति गरेको भन्दै डा. केसी सत्याग्रहमा बसेका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलामबाट काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

    890117597_4534260410121114_245811061796685461_n.jpg

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १४:२९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij