Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

सडकमा माटो फाल्ने व्यक्तिलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना

सडकमा माटो फाल्ने व्यक्तिलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना


  • 435
    Shares

    सडकमा माटो फाल्ने व्यक्तिलाई काठमाडौं महानगरले तिरायो ५० हजार जरिवाना
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री राखेर फोहोर गर्ने विरुद्ध कडा कदम  चाल्दै आएको छ ।  यसै क्रममा महानगरपालिकाको वडा नम्बर ३ स्थित सडकमा माटो खसाली फोहोर गरेको पाइएपछि महानगर प्रहरी बलले एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

    वडा नम्बर ३ स्थित थाई एम्बेसी (राजदूतावास) अगाडि नयाँ घर निर्माण गर्ने क्रममा सडकमा माटो खसालिएको थियो । निर्माण कार्यका दौरान सडकमा जथाभाबी माटो फालेर सार्वजनिक स्थान फोहोर गरेको तथा वातावरण प्रदूषण गरेको भन्दै महानगर प्रहरीले सम्बन्धित व्यक्ति मनोज उप्रेतीलाई उक्त रकम जरिवाना गरेको  जानकारी दिएको छ । 

    पछिल्लो समय सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री थुपार्ने र फोहोर गरी सहरी सौन्दर्यमा असर पुर्‍याउने कार्य बढ्न थालेपछि महानगरले त्यस्ता कार्यलाई निरुत्साहित गर्दै आएको हो ।

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १२:४५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij