Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

प्रस्तावित न्यायाधीशविरुद्ध १३ उजुरी

प्रस्तावित न्यायाधीशविरुद्ध १३ उजुरी


  • 463
    Shares

    प्रस्तावित न्यायाधीशविरुद्ध १३ उजुरी
    images

    काठमाडौं । सर्वोच्च अदालतका चार न्यायधीशविरुद्ध १३ उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिका सचिव तुलबहादुर कँडेलले १३ उजुरी परेका जानकारी दिए । 

    सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध यही कात्तिक ९ गते १० दिनको समय दिएर उजुरी आह्वान गरिएको थियो । उनीहरूविरुद्धका केही उजुरी सामूहिक खालका छन् । केही व्यक्तिगत उजुरी छन् । 

    ती उजुरी खोल्नका निम्ति बिहीबार (आज) समितिको बैठक आह्वान गरिएको छ । दिउँसो २ बजे बस्ने बैठकमा उजुरी खोल्ने र समितिका सदस्यलाई वितरण गर्ने कार्यसूची छ ।

    उजुरीसँगै प्रस्तावित न्यायाधीशको कार्ययोजना पनि वितरण गरिनेछ । उनीहरूको सुनुवाइ भने तिहार बिदापछि मात्र गर्ने तयारी छ ।

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १२:१६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij