Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह


  • 176
    Shares

    वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं  महानगरको आग्रह
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ ।

    कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला बाल्दा निस्कने धुवाँ रहेकाले उक्त कार्य नगर्न नगराउन आग्रह गरिएको हो ।

    खराब वायु प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी भएका र दीर्घरोग भएका बिरामी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीत उल्लिखित कार्य नगर्न प्रमुख राईले सम्बद्ध पक्ष सबैलाई आग्रह गरिन् ।

    विभागका अनुसार सवारीसाधन प्रचलित प्रदूषण नियन्त्रण मापदण्डभित्र रहेर चलाउने, नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत गरी सवारीसाधनबाट हुने प्रदूषण कम गर्ने, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्ने, उद्योग कलकारखाना तथा अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेरमात्र गर्ने, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्नुपर्नेछ ।

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १०:३०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij