Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

हर्क साम्पाङको प्रश्न : आइजीपी हटाउँदा प्रहरीको मनोबल बढ्यो कि घट्यो ?

हर्क साम्पाङको प्रश्न : आइजीपी हटाउँदा प्रहरीको मनोबल बढ्यो कि घट्यो ?


  • 386
    Shares

    हर्क साम्पाङको प्रश्न : आइजीपी हटाउँदा प्रहरीको मनोबल बढ्यो कि घट्यो ?
    images

    काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् ।

    साम्पाङले सामाजिक सञ्जालमार्फत आइजीपीको बर्खास्तीले प्रहरी संगठनको मनोबलमा कस्तो प्रभाव पार्‍यो भन्दै सरकारसँग जवाफ मागेका हुन् ।

    उनले आइजीपी नियुक्तिमा बिचौलियाको भूमिका रहेको थियो कि थिएन भन्ने प्रश्नसमेत उठाएका छन् । साम्पाङले लेखेका छन्, ‘आइजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आइजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ?’

    सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर मनोज केसीलाई नयाँ आइजीपी नियुक्त गरेपछि उक्त निर्णयलाई लिएर विभिन्न क्षेत्रबाट प्रतिक्रिया आइरहेका छन् ।

    सरकारको निर्णय र प्रहरी नेतृत्व परिवर्तनको विषयमा साम्पाङले सार्वजनिक रूपमा प्रश्न उठाएका हुन् ।

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - ०९:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij