२०८३ कार्तिक १९ गते बिहिवार
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने कार्यतालिका छ ।
उक्त भेटमा पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् ।
नेपाल भ्रमणका क्रममा उनले बुधबार दिनभर नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबिचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका थिए। सरोकारवाला मन्त्रालयसँगको छलफलपछि भ्रमणका ठोस एजेन्डा तय हुने बताइएको छ।
मिस्रीले बुधबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तथा सम्भावित एजेन्डाबारे छलफल गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवबिच विशेषगरी आगामी उच्चस्तरीय भ्रमणको तयारीका विषयमा कुराकानी भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij