Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

इनमको अडियो लिक प्रकरणमा गृहमन्त्री र आईजीपीसँग जवाफ मागिने

इनमको अडियो लिक प्रकरणमा गृहमन्त्री र आईजीपीसँग जवाफ मागिने


  • 568
    Shares

    इनमको अडियो लिक प्रकरणमा गृहमन्त्री र आईजीपीसँग जवाफ मागिने
    images

    काठमाडौं । प्रहरी हिरासतबाट अडियो लिक भएको र पत्रकार पक्राउ परेका घटनाबारे गृहमन्त्री तथा प्रहरी महानिरीक्षक (आईजीपी) सँग जवाफ माग्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ।

    समितिका सदस्यसमेत रहेका नेकपाका प्रमुख सचेतक युवराज दुलालले सभापति हरि ढकाललाई पत्र लेख्दै तत्काल बैठक बोलाउन माग गरेका हुन्।

    दुलालले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियो कसरी बाहिरियो र यस विषयमा प्रधानमन्त्री तथा उनका प्रमुख सल्लाहकारले सामाजिक सञ्जालमा लेखेका धारणाको आधार के हो भन्दै प्रश्न उठाएका छन्।

    त्यस्तै, पत्रकार पक्राउ पर्ने र पछि रिहा हुने तर सरकारले घटनाबारे जानकारी नभएको बताउने प्रवृत्तिप्रति पनि उनले आपत्ति जनाएका छन्।

    सरकारी निकायका गतिविधिबारे सरकारलाई जवाफदेही बनाउन गृहमन्त्री र आईजीपीलाई समितिमा उपस्थित गराएर जवाफ माग्नुपर्ने दुलालको भनाइ छ।

    उनको मागप्रति समिति सभापति ढकालले सकारात्मक प्रतिक्रिया दिएको र सदस्यहरूको अनुकूलता हेरेर सम्भव भएसम्म छिट्टै बैठक बोलाउने आश्वासन दिएको दुलालले बताएका छन्।

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १२:२०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij