Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

बालेन सरकारको कार्यशैलीप्रति रमेश खरेलको असन्तुष्टि, भने– ‘दिस् इज नट डन्’

बालेन सरकारको कार्यशैलीप्रति रमेश खरेलको असन्तुष्टि, भने– ‘दिस् इज नट डन्’


  • 463
    Shares

    बालेन सरकारको कार्यशैलीप्रति रमेश खरेलको असन्तुष्टि, भने– ‘दिस् इज नट डन्’
    images

    काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनले सरकार निरंकुश प्रवृत्तितर्फ अघि बढेको आरोप लगाएका छन्।

    बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै खरेलले प्रतिपक्षको आवाज दबाउने, सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने र सरकारलाई प्रश्न गर्ने व्यक्तिलाई नै निशाना बनाउने प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताजनक रहेको बताएका हुन्।

    कांग्रेस सभापति गगन थापाले सरकारलाई प्रश्न उठाउँदा उनलाई फसाउने प्रयास भइरहेको भन्दै खरेलले आलोचनाको जवाफ तथ्य र तर्कबाट दिन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

    सरकारलाई प्रश्न गर्नु प्रतिपक्षको अधिकार मात्र नभई जिम्मेवारीसमेत भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री बालेनलाई लक्षित गरी भनेका छन्, ‘बालेन, दिस् इज नट् डन्।’


     

     

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १२:०८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij