२०८३ कार्तिक १९ गते बिहिवार
काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा स्थानीय २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले जानकारी दिए।
दुर्घटनामा पाँच जना गम्भीर र एक जना मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।
प्रहरीका अनुसार चालक मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो।
घटनास्थल पुग्न प्रहरीलाई करिब तीन घण्टा लाग्ने भएकाले प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij