Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

भारतीय विदेश सचिव मिस्रीले परराष्ट्र र अर्थमन्त्रीसँग भेटवार्ता गर्ने

भारतीय विदेश सचिव मिस्रीले परराष्ट्र र अर्थमन्त्रीसँग भेटवार्ता गर्ने


  • 470
    Shares

    भारतीय विदेश सचिव मिस्रीले परराष्ट्र र अर्थमन्त्रीसँग भेटवार्ता गर्ने
    images

    काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने भएका छन् । उनी दुई दिवसीय भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । 

    मङ्सिरको पहिलो हप्तादेखि हुन लागेको प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका लागि मिस्री नेपाल  आएका हुन् । विदेश सचिव मिस्रीले अहिले ११ बजे परराष्ट्र मन्त्री खनालसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै उनले परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सचिव राईसँग भेटघाट सकिएपछि अर्थमन्त्री वाग्लेसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ । आजै उनले भौतिक पूर्वाधारमन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहसँग भोलि भेटघाट हुने स्रोतले जनाएको छ । भारतीय सचिव मिस्री भोलि दिउँसो स्वदेश फर्किनुअघि प्रधानमन्त्री वालेनसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ । 

     

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - ११:२०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij