Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

नेपाल आइपुगे भारतीय विदेश सचिव

नेपाल आइपुगे भारतीय विदेश सचिव


  • 365
    Shares

    नेपाल आइपुगे भारतीय विदेश सचिव
    images

    काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

    भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबिच द्विपक्षीय छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलका क्रममा दुवै पक्षले नेपाल-भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । 

    छलफलले दुई देशबिच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

     

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - १०:०२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij