२०८३ कार्तिक १९ गते बिहिवार
काठमाडौं । जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका दुई जना कैदीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ ।
कात्तिक १४ गते कारागारबाट फरार भएका कैदीहरूको खोजतलास गर्ने क्रममा आज त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका २९ वर्षीय कालीप्रसाद रोकायर जिल्ला जाजरकोट, नलगाड नगरपालिका–९ घर भएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन् ।
यसअघि हिजो जबर्जस्ती करणी मुद्दाका कैदी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घर भएका ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ घर भएका २८ वर्षीय रेशम राना पक्राउ परेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij