Logo

२०८३ कार्तिक १९ गते बिहिवार

२०८३ कार्तिक १९ गते बिहिवार

मौसम पूर्वानुमान

आज कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान

आज कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान


  • 386
    Shares

    आज कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
    images

    काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । 

    नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा मौसम सफा रहनेछ । 

    कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    कोसी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान छ । 

    विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्ने बताएको छ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

    तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १८ २०८३ बुधवार - ०७:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij