२०८३ कार्तिक १३ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेस गत असोजमा सम्पन्न १५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति अध्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारीमा जुटेको छ । अहिले आवश्यक कागजात तयार पार्ने काम भइरहेको र सम्भव भएसम्म आजै आयोज पुगेर निवेदन दिइने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको शपथपछि बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव दुलाललाई दिने निर्णय गरेको थियो। त्यही निर्णय अनुरुप दुलालले अध्यावधिकका लागि निर्वाचन आयोगमा जाने तयारी गरेका हुन् ।
‘अध्यावधिकका लागि आवश्यक कागजात तयार गर्ने काम भइरहेको छ । सम्भव भएसम्म आजै हामी निर्वाचन आयोगमा अध्यावधिकका लागि निवेदन दिन पुग्छौ,’ कार्यवाहक मुख्यसचिव दुलालले भने ।
१५ औँ महाधिवेशनबाट कांग्रेसमा २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । ती पदाधिकारी र सदस्यले बिहीबारबाट आफ्नो जिम्मेवारी सम्हालेका छन् । राजनीतिक दलसम्बन्धी कानुनमा कुनै पनि राजनीतिक दललेले महाधिवेशन सम्पन्न गरेपछि नयाँ निर्वाचित कार्यसमितिको नाम आयोगमा अध्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij