Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने

अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने


  • 428
    Shares

    अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने
    images

    काठमाडौं । नेपाली नागरिकले अब आफूले नागरिकता लिएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ । सरकारले नागरिकताको प्रतिलिपि लिन सहज हुने गरी जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सक्ने व्यवस्था लागू गरेको हो ।

    नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ तथा सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार नयाँ व्यवस्था गरिएको हो । यससम्बन्धी निर्देशन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै नागरिकता हराएको, आगलागी वा पानीका कारण नष्ट भएको, च्यातिएर प्रयोग गर्न नमिल्ने भएको, नयाँ ढाँचामा प्रतिलिपि आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सकिने जनाएको छ ।

    यद्यपि, काठमाडौं उपत्यकामा सेवाग्राहीको चाप व्यवस्थापन गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई प्रदेशअनुसार जिम्मेवारी बाँडफाँट गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकले सेवा लिन सक्नेछन् । ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा भक्तपुरबाट कोशी र मधेस प्रदेशका नागरिकलाई सेवा उपलब्ध गराइनेछ ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार सम्बन्धित नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा रहेको अभिलेखसँग मिलेमा प्रतिलिपि जारी गरिनेछ ।

    तर, प्रणालीमा रहेको विवरण र निवेदनमा उल्लेखित विवरण नमिलेमा, पुरानो नागरिकतामा भएको नाम, थर, जन्ममिति वा अन्य विवरण परिवर्तन गरेर प्रतिलिपि लिन खोजेमा वा नागरिकता शङ्कास्पद देखिएमा भने नागरिकता जारी भएको साविककै जिल्लामा सम्पर्क गर्नुपर्नेछ ।

     

    image-106-594x768.png

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - १७:२२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij