Logo

२०८३ कार्तिक ११ गते बुधवार

२०८३ कार्तिक ११ गते बुधवार

चक्रवात ‘अर्नब’

चक्रवात ‘अर्नब’ भारतको तटीय क्षेत्रमा ठोक्कियो

चक्रवात ‘अर्नब’ भारतको तटीय क्षेत्रमा ठोक्कियो


  • 393
    Shares

    चक्रवात ‘अर्नब’ भारतको तटीय क्षेत्रमा ठोक्कियो
    images

    काठमाडौं ।  भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’ मङ्गलबार रातिदेखि जमिनमा प्रवेश (ल्यान्डफल) सुरु भएको छ। 

    भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवातका कारण सो क्षेत्रमा भीषण वर्षा र तीव्र हावाहुरी चलिरहेको छ।

    आईएमडीले जारी गरेको चेतावनीअनुसार चक्रवातको केन्द्रमा हावाको गति १२५ देखि १३५ किमी प्रतिघण्टा रहेको छ, जुन बढेर १५० किमी प्रतिघण्टासम्म पुगेको छ। पछिल्लो तीन घण्टामा ३ किमी प्रतिघण्टाको गतिमा उत्तर-पश्चिमतातर्फ अघि बढेको यो समुद्री आँधी सुरुमा बिस्तारै उत्तर-पश्चिम र त्यसपछि उत्तर-उत्तर-पश्चिमतर्फ अघि बढ्ने अनुमान गरिएको छ।

    आईएमडीले आफ्नो बुलेटिनमा भनेको छ, ‘ल्यान्डफलको प्रक्रिया आगामी ३ घण्टासम्म जारी रहनेछ।’ बापटला र विशाखापटनमको बीचमा पर्ने यानमको दक्षिणतर्फ चक्रवात ठोक्किएको हो। सो क्षेत्रमा सतहको हावाको गति १२५ देखि १३५ किमी प्रतिघण्टा रहने र १५० किमी प्रतिघण्टासम्म पुगेर बिस्तारै घट्दै जाने मौसम विभागले जनाएको छ।

    मौसम विभागले ठुलो बाढीको चेतावनी जारी गर्दै १.५ देखि २.५ मिटरसम्म अग्लो समुद्री लहर उठ्न सक्ने र यसले आन्ध्र प्रदेशका तल्लो तटीय क्षेत्रहरू डुबाउन सक्ने जनाएको छ। विशेष गरी काकिनाडा र पुडुचेरीको यानम नजिक सबैभन्दा अग्लो लहर आउने सम्भावना रहेको छ। 

    प्रकाशित मिति :कार्तिक ११ २०८३ बुधवार - ०९:५९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij