Logo

२०८३ कार्तिक १ गते शनिवार

२०८३ कार्तिक १ गते शनिवार

घट्यो अमेरिकी डलरको भाउ, आजको विनिमयदर कति ?

घट्यो अमेरिकी डलरको भाउ, आजको विनिमयदर कति ?


  • 316
    Shares

    घट्यो अमेरिकी डलरको भाउ, आजको विनिमयदर कति ?
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ३१ अर्थात् अक्टोबर १७ तारिख शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

    जसअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६४ पैसा छ भने बिक्रीदर १५२ रुपैयाँ २४ पैसा छ।

    शुक्रबार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा थियो। हिजोको तुलनामा आज अमेरिकी डलरको मूल्य केही घटेको हो। 

    यस्तै आजका लागि युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। यसैगरी आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ १९ पैसा छ भने बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा छ।

    अस्ट्रेलियन डलर १ को खरिददर १०५रुपैयाँ ५६ पैसा, बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा छ भने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। 

    प्रकाशित मिति :कार्तिक १ २०८३ शनिवार - ०७:०१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij