Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु


  • 743
    Shares

    करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु
    images

    काठमाडौं । आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

    इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित निर्मला स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा काम गर्ने उदयपुर चौदण्डीगढी नगरपालिका–२ घर भई हाल इटहरीमा बस्दै आएका २० वर्षीय शिवम् विकको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    बिहान मोटरको ‘स्विच अन’ गर्ने क्रममा अचानक बायाँ हातमा करेन्ट लागेपछि घाइते भएका विकलाई उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो ।

    त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल विराटनगर पुर्‍याइएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख हमालले बताए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १७:५३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij