२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । एथर नेपालले कर्णाली प्रदेशमा विद्युतीय मोबिलिटी विस्तार गर्दै वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा आफ्नो १६औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।
असोज ५ गतेदेखि सञ्चालनमा आएको केन्द्रमार्फत सुरखेतसहित कर्णाली क्षेत्रका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि, परीक्षण सवारी तथा बिक्रीपछिको सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्। केन्द्रमा एथर ४५० सिरिज र रिज्टा सिरिजका स्कुटर उपलब्ध छन्।
एथर ४५० सिरिजमा ‘म्याजिक ट्विस्ट’, ‘इन्फिनाइट क्रुज’ र ‘भ्वाइस इन्टर्याक्सन’ जस्ता अत्याधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ। त्यस्तै, पारिवारिक प्रयोगलाई लक्षित एथर रिज्टामा आरामदायी सिट तथा दैनिक प्रयोगका लागि आवश्यक सुविधालाई प्राथमिकता दिइएको छ।
कम्पनीका अनुसार ‘एथर्स एटसेभेन्टी ब्याट्री वारेन्टी’अन्तर्गत लागू सर्तअनुसार ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ। हाल देशभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर र ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र रहेको कम्पनीको भनाइ छ।
सुरखेतमा नयाँ केन्द्र सञ्चालनको अवसरमा असोज ११ गतेसम्म विशेष योजना पनि ल्याइएको छ। यसअन्तर्गत नगद खरिदमा एटसेभेन्टी ब्याट्री वारेन्टी, वित्तीय सुविधामा शून्य प्रतिशत ब्याज तथा एक्सचेन्जमा थप ८ हजार रुपैयाँको मूल्यांकन सुविधा उपलब्ध गराइनेछ।
नेपालमा एथर इनर्जीको अधिकृत वितरक वैद्य इनर्जी प्रालिले देशभर बिक्री, सर्भिस तथा चार्जिङ सञ्जाल विस्तार गर्दै आएको जनाएको छ। सुरखेतमा नयाँ केन्द्र सञ्चालनसँगै कर्णाली क्षेत्रमा एथरको विद्युतीय सवारी तथा सेवा थप सहज रूपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij