Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा तत्काल अघि बढाउन सांसद साहको माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा तत्काल अघि बढाउन सांसद साहको माग


  • 589
    Shares

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पीपीपी मोडेलमा तत्काल अघि बढाउन सांसद साहको माग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अरविन्द साहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा अघि बढाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका छन् ।

    उनले निजगढ विमानस्थलमा विगत दुई दशकमा अध्ययन, जग्गा मुआब्जा, तारबार, नदी नियन्त्रण, वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए०, मास्टर प्लान र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायतका काममा राज्यको अर्बौँ रुपैयाँ खर्च भइसकेको उल्लेख गरे । उनले आयोजना निर्माणमा भएको ढिलाइका कारण राज्यको लगानी निष्क्रिय हुनुका साथै लागत बढेको र वैकल्पिक हवाई सम्पर्कबाट प्राप्त हुनसक्ने राजश्व तथा रोजगारीका अवसर समेत गुमेको बताएका छन्।

    उनले प्रधानमन्त्री बालेन्द्र साहले निजी क्षेत्रलाई विमानस्थल निर्माणमा नेतृत्व लिन गरेको आह्वान सकारात्मक भएको उल्लेख गर्दै निजी क्षेत्रसँगको पीपीपी मोडेलमा तत्काल ३ हजार हेक्टर क्षेत्रफलमा निर्माण शुरु गरी क्रमशः विस्तार गर्न माग गरे ।

    उनले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल कुनै नयाँ सपना होइन । दुई दशकदेखि अध्ययन, जग्गा मुआब्जा, तारबार, नदी नियन्त्रण, ईआइए, मास्टर प्लान र डिपिआरमा राज्यको अर्बौ रुपैयाँ खर्च भइसकेको छ । तर ढिलाईको कारण त्यो लगानी निष्क्रिय भयो । लागत बढ्यो र वैकल्पिक हवाई सम्पर्क हुने राजश्व तथा रोजगारकिो अवसर पनि गुम्यो । यही अवसरमा सम्माननीय प्रभानमन्त्रीज्यूले निजी क्षेत्रलाई नेतृत्व लिनको लागि गरेको आह्वान प्रशंसनीय छ । पीपीपी मोडेलमा अहिलेलाई ३ हजार हेक्टर क्षेत्रमा शुरु गरी क्रमशः विस्तार गर्न अघि बढाइयोस् । वनभित्र बसेका बस्तीका नागिरकको लागि तथ्यांक संकलन गरी वैकल्पिक जग्गा र उचित क्षतिपूर्तिसहित सम्मानजनक पुनस्र्थापना होस् । विकास राज्यको नीति नियम तथा न्यायसँगै अघि बढोस् ।’

     

     

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - १४:२७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij