२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । सरकारले रसुवागढी क्षेत्रमा बाढीले बगाएको स्थानमा पुनः सोही ठाउँबाट सडक निर्माण नगर्ने जनाएको छ ।
संसद्को पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बाढीका कारण क्षति पुगेको सडक पुनः त्यही स्थानमा निर्माण गर्ने पक्षमा सरकार नरहेको बताएका हुन् ।
मन्त्री लम्सालका अनुसार नदीले कटान गरेर पहिरो खसेको स्थानमा आवश्यक संरचना निर्माण गरी सडक उठाउनुपर्ने अवस्था भए पनि बाढीले नै बगाएर खोल्सिएको वा जोखिमयुक्त बनाएको स्थानमा पुनः सडक बनाउनु उपयुक्त हुँदैन ।
‘लो कटिङका कारण खसेको ठाउँमा उठाउनुपर्छ । तर, बाढीले बढाएको ठाउँमा फेरि बनाउने पक्षमा छैनौँ,’ उनले भने ।
उनले विपद्पछि पुरानै संरचना जस्ताको तस्तै निर्माण गर्नेभन्दा जोखिमलाई ध्यानमा राखेर सुरक्षित स्थान र दीर्घकालीन विकल्प रोज्नुपर्ने धारणा राखे । सरकार ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार बाढीले बगाएको स्थानमै सडक पुनर्निर्माण गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij