Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

तपाईंको राशिफलः आज २०८३ असोज ५ गते सोमबार

तपाईंको राशिफलः आज २०८३ असोज ५ गते सोमबार


  • 1.6K
    Shares

    तपाईंको राशिफलः आज २०८३ असोज ५ गते सोमबार
    images

    आज २०८३ असोज ५ गते सोमबार, भदौ शुक्ल दशमी, विश्व शान्ति दिवस, शक संवत् १९४७, नेपाल संवत् ११४६, Sep 21, 2026

    मेष :

    आम्दानीका दृष्टिले दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले सोचेको काम बन्ने छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए आम्दानी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ।

    वृष :

    दिन सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। साथीभाइसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

    मिथुन :

    दिन राम्रो छ। बन्धुसँग गरेको कारोबारले फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा प्रवेश नगर्नु उचित हुन्छ। आफ्नो विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ।

    कर्कट :

    आज सामान्य राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। सम्पत्तिको दौडमा इज्जतको ख्याल गर्नुपर्ने दिन छ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

    सिंह :

    दिन राम्रो छ। व्यापारमा सुधारका संकेत देखिने छन्। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको कामले सार्थकता पाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    कन्या :

    तपाईंका लागि आजको दिन सामान्य छ। ठुलो काम सुरु नगर्नु उचित हुन्छ। हरेक क्षेत्रमा अवरोध हुनेछ। सेवा गरेका मान्छेलाई खुशी पार्न कठिन हुनेछ। कृषि क्षेत्रको व्यापारमा भने नाफा हुने देखिन्छ।

    तुला :

    दिन राम्रो छ। आम्दानीका स्रोतको परिचालन गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्ने छ। कार्यक्षेत्रमा तपाईंको बढुवा हुनेछ।

    वृश्चिक :

    दिन राम्रो छ। श्रमको मूल्यंकन हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्ने छ।

    धनु :

    दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। लगानी गरेको भए राम्रो फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

    मकर :

    आज पारिवारिक मेलमिलाप हुनेछ । मिष्ठाँन्न भोजन प्राप्त हुनेछ । परिवारको सल्लाहमा गरेको काम सफल बन्ने छ। मिहिनेतको फल मिल्ने योग छ ।

    कुम्भ :

    संकटमा परिवारको साथ मिल्ने छ। रमाइलो घुमघामको तय हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्ने छ। दाम्पत्य जीवनमा तपाईंको जित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

    मीन :

    दिन सामान्य छ। टाउको र शरीर दुख्ने जोखिम छ। शिक्षाको क्षेत्रमा अल्छिपनले घाटा हुने छ। परिवारको साथमा गरेको काम सफल बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ । सोचेका काम बन्नेछन् । 

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - ०७:२०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij