Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मौसम पूर्वानुमान

देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना


  • 568
    Shares

    देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

    हाल उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाका अनुसार, आज दिँउसो देशका हिमाली र पहाडी भू-भाग, मधेस प्रदेश तथा वाग्मती र गण्डकी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्नेछ भने कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    मधेस तथा कोसी र वाग्मती प्रदेशको तराई भू-भागका थोरै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन ५ २०८३ सोमवार - ०६:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij