Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

युवतीको विवादमा गोली प्रहार, घाइतेको शरीरबाट निकालियो गोली

युवतीको विवादमा गोली प्रहार, घाइतेको शरीरबाट निकालियो गोली


  • 1.0K
    Shares

    युवतीको विवादमा गोली प्रहार,  घाइतेको शरीरबाट निकालियो गोली
    images

    काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार साँझ गोली प्रहारबाट घाइते भएका नीरजकुमार यादवको शरीरबाट गोली निकालिएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा अपरेसनपछि चिकित्सकहरूले एउटा बुलेट निकालेका हुन् । १९ वर्षीय यादव देवानगञ्ज–१ स्थित कप्तानगञ्जका स्थानीय हुन् । उनको दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको थियो ।

    गोली प्रहारमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लाली भनेर चिनिने जयकिशोर यादव र विष्णुकुमार यादव छन् । आरोपीहरू देवानगञ्ज–२ का स्थानीय हुन् । घटनामा संलग्न अरू ४ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताए ।

    युवतीको विवादमा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए । उनले भने– ‘फरार आरोपीहरूको पनि पहिचान खुलेको छ, उनीहरूलाई नियन्त्रणमा लिएपछि यकिन विवरण थाहा हुन्छ ।’

    गोली प्रहार गर्ने र घाइते युवक पूर्वपरिचित हुन् । घाइतेको शरीरबाट निकालिएको बुलेट परीक्षण गरेर कुन हतियारबाट गोली प्रहार भएको थियो भन्नेबारे यकिन गरिने डीएसपी खड्काले बताए । 

     

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - १४:०५:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij