Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

गोरखामा गाडी सडकबाट खस्दा ८ जना घाइते, २ को अवस्था गम्भीर

गोरखामा गाडी सडकबाट खस्दा ८ जना घाइते, २ को अवस्था गम्भीर


  • 701
    Shares

    गोरखामा गाडी सडकबाट खस्दा ८ जना घाइते, २ को अवस्था गम्भीर
    images

    काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

    सिरानचोक गाउँपालिका-२ थालाजुङस्थित भित्री सडकखण्डमा आज बिहान ग.१ ज ६३८९ नम्बरको महेन्द्र जिप ब्रेक फेल भएर सडकको नालामा खसेको हो। 

    जिपमा चालकसहित ९ जना सवारमध्ये ८ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल आँपपिपल, गोरखा पठाइएको छ।

    घाइतेहरू:
    १. सिरानचोक गा.पा.-२ काँउले बस्ने अन्दाजी ८१ वर्षीया लालमाया गुरुङ-अवस्था गम्भीर।
    २. सिरानचोक गा.पा.-७ बस्ने अन्दाजी ६८ वर्षीय कमलबहादुर घिमिरे-अवस्था गम्भीर।
    ३. ऐ.ऐ. बस्ने अन्दाजी ४८ वर्षीया सीता पाण्डे-अवस्था मध्यम।
    ४. ऐ.ऐ. बस्ने अन्दाजी ४८ वर्षीय लोकबहादुर खड्का-अवस्था मध्यम।
    ५. ऐ.ऐ. बस्ने अन्दाजी ७३ वर्षीय कुलबहादुर सार्की-अवस्था मध्यम।
    ६. सिरानचोक गा.पा.-६ सिम्ले बस्ने अन्दाजी ६८ वर्षीया सीता गुरुङ-अवस्था मध्यम।
    ७. सिरानचोक गा.पा.-७ डाँडागाउँ बस्ने अन्दाजी २७ वर्षीया रोजिना नेपाली-अवस्था मध्यम।
    ८. निजकी छोरी २१ महिनाकी रेविका नेपाली-अवस्था मध्यम।

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - १२:०९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij