Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार?

बढ्यो सुन चाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार?


  • 386
    Shares

    बढ्यो सुन  चाँदीको मूल्य,  कतिमा हुदैँछ कारोबार?
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।

    महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजार १०० रुपैयाँले बढेको हो । त्यस्तै, सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ६६० रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ११० रुपैयाँ ५० पैसा कायम भएको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - ११:१६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij