Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

रक्सीले मातेपछि पत्नीको हत्या, आफैँ गएर दिए घटनाको जानकारी

रक्सीले मातेपछि पत्नीको हत्या, आफैँ गएर दिए घटनाको जानकारी


  • 960
    Shares

    रक्सीले मातेपछि पत्नीको हत्या, आफैँ गएर  दिए घटनाको जानकारी
    images

    काठमाडौं । उदयपुरमा रक्सी खाएर मातेका एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।

    चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँ बस्ने ५८ वर्षीय गन्दुराम राईले रक्सीले मातेपछि सिर्जना भएको घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको हत्या गरेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

    घटना गएराति करिब साढे १२ बजेको हो। पत्नीको हत्यापछि उनी आफैं अस्थायी प्रहरी पोस्ट माडीबास पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।

    घटनाबारे जानकारी पाए लगत्तै प्रहरीको टोलीले विमलालाई उपचारका लागि नगर अस्पताल बेल्टार पुर्‍याइएको थियो। 

    बिमलाको उपचारको क्रममा गएराति सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। गन्दुरामलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - १०:४४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij