Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

धनकुटाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

धनकुटाबाट धरान जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु


  • 498
    Shares

    धनकुटाबाट धरान जाँदै गरेको  जिप दुर्घटना, एक जनाको मृत्यु
    images

    धनकुटा । धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।

    को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।

    धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

    उनका अनुसार ११ जना सवार जिपमा अन्य केही घाइते भएको र दुर्घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ ।

    सडक अफ्ठ्यारो भएका कारण अनियन्त्रित भएर जिप दुर्घटनामा परेको हुन सक्ने उनले बताए ।

    जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - १०:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij