Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

भोटेकोशी बाढीको नामाकरण गर्न सात सदस्यीय समिति गठन, यस्ता छन् प्रारम्भिक प्रस्ताव

भोटेकोशी बाढीको नामाकरण गर्न सात सदस्यीय समिति गठन, यस्ता छन् प्रारम्भिक प्रस्ताव


  • 827
    Shares

    भोटेकोशी बाढीको नामाकरण गर्न सात सदस्यीय समिति गठन, यस्ता छन् प्रारम्भिक प्रस्ताव
    images

    काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण लागि अध्ययन अघि बढाएको छ । 

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामकरण गर्न वैज्ञानिक समिति गठन गरेको थियो। समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ ।

    ऊर्जा मन्त्रालयअन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयले प्रारम्भिक रूपमा गरेको अध्ययनमा विभिन्न नामहरू छलफलमा आएका छन् । जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव टिका बरालका अनुसार छलफलमा 'ग्लेसियर रक एभलेन्च', 'आइस रक एभलेन्च/ल्याण्ड स्लाइड', रसुवा भोटेकोशी महाविपत् लगायतका नामहरू आएका छन् । ''यो विश्वमै दुर्लभ घटना हो । यसको विस्तृत अध्ययन नगरी निचोडमा पुग्न सकिँदैन । यो जलवायु विपद्को सबै वैज्ञानिक आधार र प्रमाणहरू संकलन गरिसकेपछि उपयुक्त नामकरण गरिनेछ,'' बरालले भने । 

     मन्त्रालयले वैज्ञानिक आधार र प्रमाणहरू संकलन गर्न बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् (हाइड्रोलोजिस्ट) डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डा. उत्तमबाबु श्रेष्ठ, भूगर्भविद् (जियोलोजिस्ट) डा मेघराज धिताल, जलविद्युत् पूर्वाधार विज्ञ डा. हरि पण्डित, विपद् जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेका छन् । 

     समितिले बाढीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली भू–जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक अध्ययन गर्न लागेको हो ।

     प्रवक्ता शाक्यका अनुसार रसुवा विनाशकारी बाढीलाई केवल सामान्य बाढी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदीय, जलविज्ञानसम्बन्धी तथा अन्य जोखिमहरू एकपछि अर्को रूपमा जोडिँदै विकसित भएको सम्भावित ‘श्रृङ्खलाबद्ध विपद्’ का रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगको सचिवालयको प्रस्तावअनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णयमा पुगेको हो। 

    प्रकाशित मिति :आश्विन ३ २०८३ शनिवार - ०६:३७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij