२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाल जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी रकम बुझाएर अग्रवाल रिहा भएका हुन् ।
बैकिङ कसुर मुद्दामा अदालतले तोकेको धरौटी रकम उनले बुझाएका हुन् । अदालतको पत्र आदेश अनुसार अग्रवाललाई बिहीबार साँझ रिहा गरिएको कारागार कार्यालय नख्खुका जेलर दीर्घराज उपाध्यायले बताएका छन् ।
अग्रवाललाई साउन ६ मा सीआईबीले डिल्लीबजारबाट पक्राउ गरेको थियो । सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दामा उनलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij