Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

२५ म्यानपावरसँग पाँच वर्षको आर्थिक विवरण माग

२५ म्यानपावरसँग पाँच वर्षको आर्थिक विवरण माग


  • 624
    Shares

    २५ म्यानपावरसँग पाँच वर्षको आर्थिक विवरण माग
    images

    काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा मुख्य कम्पनीका रूपमा सूचीकृत २५ वटा म्यानपावर कम्पनीसँग पछिल्ला पाँच आर्थिक वर्षको आर्थिक कारोबारसहित सम्पूर्ण व्यावसायिक तथा वित्तीय विवरण माग गरेको छ ।

    मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा २५ म्यानपावरलाई मुख्य र अन्य कम्पनीलाई सहायकका रूपमा राखिएको विषय विवादमा रहेका बेला विभागले यस्तो विवरण मागेको हो।

    विभागले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम ती कम्पनीलाई पत्र पठाउँदै आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको विवरण माग गरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्मको विवरणसमेत बुझाउन भनिएको छ। विवरण १५ दिनभित्र विभागमा बुझाउनुपर्नेछ।

    विभागले कम्पनीको कुल आम्दानी, श्रमिकबाट लिइएको सेवा शुल्क, एजेन्ट तथा प्रतिनिधिलाई गरिएको भुक्तानी, प्रशासनिक तथा सञ्चालन खर्च, विदेशी एजेन्टसँगको कारोबार, करसम्बन्धी विवरण र लेखापरीक्षण प्रतिवेदनसमेत मागेको छ।

    यस्तै, मलेसियाको एफडब्लूसीएमएसमा मुख्य कम्पनीका रूपमा छनोट हुनुको आधार, विगतको कारोबार तथा अन्य म्यानपावर कम्पनीसँगको सम्बन्धबारे समेत विभागले अध्ययन गरिरहेको छ। यसअघि विभागले २५० सहायक कम्पनीसँग पनि एफडब्लूसीएमएसमा आबद्ध हुनुको आधार र प्रक्रियाबारे स्पष्टीकरण मागेको थियो।

    विभागका महानिर्देशक नवराज ढकालका अनुसार २५ कम्पनीसँग विवरण माग्ने प्रक्रिया यतिमै सीमित नरहने र अन्य म्यानपावर कम्पनीबाट पनि आवश्यक विवरण लिइनेछ।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १५:५३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij