Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा, बेसरेट + ०.२५% ब्याज

मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा, बेसरेट + ०.२५% ब्याज


  • 1.3K
    Shares

    मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा, बेसरेट + ०.२५% ब्याज
    images

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले Nepal Land & Housing and Construction Expo २०२६ तथा नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार र छठ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । 

    यस योजनाअन्तर्गत ग्राहकहरूले द्यबकभ च्बतभ + ०.२५ प्रतिशत मात्र को विशेष ब्याजदरमा घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा प्राप्त गर्न सक्नेछन भने घरजग्गाको मूल्याङ्कनको अधिकतम ७० प्रतिशतसम्म तथा पहिलो घर कर्जाको हकमा अधिकतम ८० प्रतिशतसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

    चाडपर्वको उत्साहसँगै आफ्नै घरको सपना साकार गर्न चाहने ग्राहकहरूका लागि यो योजना सहज र आकर्षक वित्तीय अवसरका रूपमा ल्याइएको बैंकले जनाएको छ। विशेष घर कर्जा योजना २०८३ साल कार्तिक मसान्तसम्म लागू हुनेछ। उक्त अवधिपश्चात बैंकको प्रचलित ब्याजदर तथा सम्बन्धित कर्जा शर्तहरू लागू हुनेछन्।

    यस योजनाले घर निर्माण वा खरिदको योजना बनाइरहेका ग्राहकलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकको विश्वास छ। बैंकले यो सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ। ग्राहकहरूले आफूलाई पायक पर्ने शाखामा सम्पर्क गरी योजनासम्बन्धी थप जानकारी तथा कर्जा प्रक्रियाबारे जानकारी लिन सक्नेछन् ।

    साथै, बैंकले अटो लोन तथा कृषि एवं एसएमई व्यवसाय कर्जाका विशेष योजनाहरूसमेत सञ्चालनमा ल्याएको छ।

     

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १५:०३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij