Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

भदौ महिनाको करदाता प्रोत्साहन उपहार विजेताको नाम सार्वजनिक (नामसहित)

भदौ महिनाको करदाता प्रोत्साहन उपहार विजेताको नाम सार्वजनिक (नामसहित)


  • 1.5K
    Shares

    भदौ महिनाको करदाता प्रोत्साहन उपहार विजेताको नाम सार्वजनिक (नामसहित)
    images

    काठमाडौं । आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत बम्पर विजेतासहित अन्य विजेताको नाम सार्वजनिक गरेको छ ।

    विभागका अनुसार भदौ १ देखि १५ गतेसम्मको बम्पर उपहार लक्ष्मण सुनारले जितेका छन् । उनले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, भदौ १५ देखि ३१ गतेसम्मको बम्पर उपहार विवेक बिकेले जितेका छन् । उनले पनि १० लाख रुपैयाँ पाउनेछन् ।

    भदौ १ देखि १५ गतेसम्मका अन्य विजेतामध्ये १४ जनाको नामसमेत सार्वजनिक गरिएको छ । उनीहरूले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने विभागले जनाएको छ ।

    एक जना छनोट भएका विजेता भने प्रधानमन्त्री राहत कोषमा योगदान गरेको पाइएपछि पुरस्कारका लागि अयोग्य भएका छन् ।

    विभागका अनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र विजेताले पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार दाबी १५ दिनभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । 

     

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १४:५१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij