Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

भेडासिंहबाट १ केजी ४ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

भेडासिंहबाट १ केजी ४ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ


  • 1.2K
    Shares

    भेडासिंहबाट १ केजी ४ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
    images

    काठमाडौं । प्रहरीले काठमाडौंको भेडासिंहबाट १ केजी ४ सय ग्राम अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।    

    उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार भारतीय नागरिक माणिक दास एक केजी चार सय ग्राम सुन र गहनासहित पक्राउ परेका हुन् ।    
     
    प्रहरीले उक्त सुन अवैध रहेको जनाएको छ । उनको साथबाट ७ लाख ५० हजार नगद समेत बरामद गरेको प्रहरीले जनाएको छ । माणिकले भेडासिंहमा टञ्च हाउस सञ्चालन गर्दै आएको बताइएको छ ।  

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १४:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij