Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

लन्डनबाट बंगलादेश उडेको विमानमा यात्रुहरूबीच हात हालाहाल

लन्डनबाट बंगलादेश उडेको विमानमा यात्रुहरूबीच हात हालाहाल


  • 1.2K
    Shares

    लन्डनबाट बंगलादेश उडेको विमानमा यात्रुहरूबीच हात हालाहाल
    images

    काठमाडौं । लन्डनबाट बंगलादेश उडेको बंगलादेश एयरलाइन्सको विमानभित्र दुई यात्रुबीच मुठभेड भएको छ । सहयात्रीहरू आतंकित भएर हेरिरहेका बेला दुई पुरुष यात्रु एकअर्कालाई मुक्का हानाहान गरिरहेको भिडियो सार्वजनिक भएको छ ।

    ‘ढाका ट्रिब्यून’का अनुसार विमान उडिरहेकै बेला दुई पुरुषबीच भएको विवादले उग्र रुप लिँदा कुटपिट भएको थियो । घटनाका कारण बालबालिका र वृद्धवृद्धासहित अन्य यात्रुहरूमा त्रास फैलिएको बताइएको छ । 

    सामाजिक सञ्जालमा ‘भाइरल’ भएको घटनाको भिडियोमा दुई यात्रुबीच भनाभन भइरहेको र त्यसपछि स्थिति हात हालाहालमा परिणत भएको देखिन्छ । भिडियोमा उनीहरूले एकअर्कालाई मुक्का हानेको र मुठभेडका क्रममा एक यात्रुको टिसर्टसमेत च्यातिएको देख्न सकिन्छ ।

    क्याबिन क्रुका सदस्य र अन्य यात्रुले हस्तक्षेप गर्दै दुवै पुरुषलाई छुट्याउने प्रयास गरेका थिए । भिडियो फुटेजमा अचानक भएको हिंसापछि विमानको क्याबिनभित्र उत्पन्न अस्तव्यस्तता र यात्रुहरूको प्रतिक्रिया समेत देखिन्छ ।

    यस घटनाले उडानका क्रममा यात्रुको सुरक्षा र अनुशासन कायम राख्ने विषयमा चिन्ता बढाएको छ । यद्यपि, विवाद के कारणले सुरु भएको थियो वा ती यात्रुमाथि के–कस्तो कारबाही गरिएको थियो भन्नेबारे तत्काल कुनै विवरण उपलब्ध छैन । 

    घटनाबारे सम्पर्क गर्दा बंगलादेश एयरलाइन्सका महाप्रबन्धक महबुबुद्दिन अहमदले आफूलाई घटनाबारे अहिलेसम्म जानकारी नभएको बताएका छन् । “मलाई अहिलेसम्म यस विषयमा जानकारी छैन । म यसबारे बुझ्दै छु,” उनले भने । टाइम्स अफ इन्डिया

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १४:१४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij