Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

राष्ट्रियसभा सांसदको सरकारलाई खबरदारी : अपराधदेखि सडक पूर्वाधारसम्म

राष्ट्रियसभा सांसदको सरकारलाई खबरदारी : अपराधदेखि सडक पूर्वाधारसम्म


  • 561
    Shares

    राष्ट्रियसभा सांसदको सरकारलाई खबरदारी : अपराधदेखि सडक पूर्वाधारसम्म
    images

    काठमाडौं । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। 

    उनीहरूले आपराधिक घटनामा संलग्नलाई कारबाही, न्यायपालिकाको निष्पक्षता र पूर्वाधार विकासमा देखिएका समस्याहरूबारे सरकारलाई सचेत गराएका हुन्।

    सांसद रुक्मिणी कोइरालाले पछिल्ला समय देशका विभिन्न भागमा महिला हिंसा र बलात्कारका घटना दोहोरिरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराइन्।

    सांसद विष्णुबहादुर विश्वकर्माले भदौ २४ गते सर्वोच्च अदालतमा भएको तोडफोडको घटनाप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सर्वोच्च अदालत जस्तो गरिमामय संस्थाको सुरक्षा व्यवस्था चुस्त बनाउन र यस्ता घटनाको उच्चस्तरीय छानबिन गरी दोषीउपर कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

    सांसदहरू पूजा चौधरी र रुक्मिणी कोइराला बलात्कार तथा हत्याका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। सांसद चौधरीले ३ वर्षीया बालिकाको बलात्कार तथा हत्यामा संलग्नलाई बाल सुधार गृहमा पठाउनु र अन्यलाई धरौटीमा छाड्नु न्यायोचित नभएको बताइन् । उनले यस्ता आपराधिक मनोवृत्ति भएका व्यक्तिहरूलाई समाजमा खुला रूपमा छोड्नु गलत भएको भन्दै दोषीलाई जन्मकैदको माग गरिन्।

    सांसद कृष्णप्रसाद अधिकारीले बाटो, घाटो, पुल र सडकको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । रसुवा जिल्लाका विभिन्न गाउँपालिकामा बाटोघाटोको अभावमा स्थानीय नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले तत्काल सडक मार्ग सुचारु गर्न र आवश्यक खाद्य सामग्री, औषधी लगायतका उपभोग्य वस्तुहरूको आपूर्ति व्यवस्था मिलाउन आग्रह गरेका छन्।

     

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १३:५०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij