२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत विभिन्न पदमा ३३४ जना कर्मचारीका लागि नयाँ भर्ना खुला गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास महाशाखा, भर्ना छनोट शाखाले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २११ जना माग गरिएको छ। यस्तै, प्रहरी कार्यालय सहायकतर्फ भान्छे ८३ जना, हजाम १५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ कुचिकार २५ जना आवश्यक रहेको जनाइएको छ।
इच्छुक उम्मेदवारले १२ असोजदेखि १० कात्तिकसम्म नेपाल प्रहरीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। प्रहरी कार्यालय सहायक पदका लागि भने तोकिएको अवधिभित्र कार्यालय समयमा दरखास्त दिन सकिनेछ।
भर्नासम्बन्धी थप योग्यता, आवश्यक कागजात, परीक्षा तथा छनोट प्रक्रियासहितका विवरण नेपाल प्रहरीले जारी गरेको आधिकारिक सूचनामा उल्लेख गरिएको छ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij