२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । बझाङमा ज्युँदो कुकुरलाई सेती नदीमा फालिदिने महिललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–१०,चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने सोही नगरपालिकाकी ४२ वर्षीया विमलादेवी रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार करिब दुई सातादेखि बिरामी रहेको कुकुरको शरीरको पछाडिको भागमा घाउ भएको र गन्ध आउन थालेपछि नदीमा फालिएको पाइएको छ ।
कुकुरले घर नजिकको बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि आफूले नदीमा फालिदिएको बयान प्रहरीमा दिएकी छन् ।
प्रहरीमा बयान दिएकी रोकायाले यसरी कारबाही हुन्छ भन्ने कुनै जानकारी नभएको र बिरामी कुकुरको उपचार सम्भव नभएपछि फालिएको बयान दिएको प्रहरी प्रदेश कार्यालयका प्रमुख डीआईजी सानुराम भट्टराईले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij