Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नयाँ नेकपाः विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव !

नयाँ नेकपाः विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव !


  • 365
    Shares

    नयाँ नेकपाः विद्या भण्डारी अध्यक्ष, वर्षमान महासचिव !
    images

    काठमाडौं । नेकपा एमाले र नेकपाबीच नयाँ परिस्थितिमा सहकार्य हुँदै एकतासम्म जाने सम्भावनाबारे छलफल सुरु भएको छ। एमाले सचिव शेरधन राईले नेकपा नेता वर्षमान पुनसँग होटल भिभान्ता ललितपुरमा भेटवार्ता गरेको तस्वीर सार्वजनिक गरेपछि सहकार्यको चर्चा थप चुलिएको हो।

    एमाले र नेकपा दुवैतर्फका नेताहरूका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ परिस्थितिमा सहकार्य अघि बढाउने पक्षमा देखिएका छन्। यद्यपि दोस्रो तहका नेताहरूबीच सहकार्यको स्वरूपबारे अझै पूर्ण सहमति बनिसकेको छैन।

    छलफलमा एमालेको अध्यक्षमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सार्ने र नेकपाबाट वर्षमान पुन वा समान हैसियतका नेतालाई महासचिव बनाउने विकल्पबारे समेत चर्चा भएको स्रोतको दाबी छ।

    यसैबीच एमाले महासचिव शंकर पोखरेलले भण्डारीसँग भेटवार्ता गरेका छन्। पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा पनि एमाले र नेकपाका नेताहरूबीच सहकार्यबारे छलफल भएको बताइएको छ।

    पछिल्लो छलफलमा ओली र प्रचण्डलाई कार्यकारी नेतृत्वबाट अलग राखी सर्वोच्च सल्लाहकार भूमिकामा राख्ने विकल्पसमेत अघि सारिएको स्रोतले जनाएको छ।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - ०५:३७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij