Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिकूल बकपत्रपछि सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा

प्रतिकूल बकपत्रपछि सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा


  • 281
    Shares

    प्रतिकूल बकपत्रपछि सरकारी साक्षीविरुद्ध नै भ्रष्टाचार मुद्दा
    images

    काठमाडौं । सागरनाथ वन विकास परियोजनाको जग्गामा नदीजन्य पदार्थ उत्खनन गर्दा राजस्व चुहावट गरेको मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका निर्माण व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

    अख्तियारले रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। अनुसन्धानका क्रममा दिएको बयानभन्दा फरक हुने गरी अदालतमा बकपत्र गरेपछि उनीविरुद्ध पुनः अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

    यसअघि राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान अधिकारीलाई सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार आचार्यलाई सजायमा पूर्ण छुट दिइएको थियो। उनलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा अदालतमा पेस गरिएको थियो।

    तर भदौ १० गते विशेष अदालतमा बकपत्र गर्दा उनले अनुसन्धानका क्रममा दिएको बयानको प्रतिकूल हुने गरी बयान दिएको अख्तियारको दाबी छ।

    अनुसन्धानबाट आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुनभन्दा कम मूल्यमा नदीजन्य पदार्थ खरिद गर्ने सम्झौता गरेको देखिएको छ। सागरनाथ वन विकास परियोजनाको क्षेत्रमा रोयल्टी नबुझाई नदीजन्य पदार्थ उत्खनन गरी राजस्व चुहावट गर्ने कार्यमा उनले सहयोग गरेको अख्तियारको आरोप छ।

    अख्तियारले ३ हजार घनमिटर नदीजन्य पदार्थको ९ लाख ५३ हजार ४९६ रुपैयाँ ९० पैसा बिगो कायम गरी कैद, बिगो जफत तथा चुहावट भएको राजस्वको दोब्बर जरिवानाको मागदाबी गरेको छ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १३:२१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij