Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस


  • 267
    Shares

    राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।

    राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष कार्यक्रममा आयोगका अध्यक्ष प्रेमकुमार राईले प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।

    संवैधानिक व्यवस्थाअनुसार आयोगले आफ्नो वार्षिक कामकारबाही, अनुसन्धान तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी गतिविधि समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको हो।

    प्रतिवेदन पेस गर्ने क्रममा आयोगका अध्यक्ष राईले आर्थिक वर्षभरि आयोगबाट सम्पादन गरिएका काम तथा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि भएका प्रयासबारे जानकारी गराएका थिए।

    आयोगले सार्वजनिक पदमा रहेका व्यक्तिबाट हुने भ्रष्टाचार तथा अनियमिततामाथि अनुसन्धान गरी आवश्यक कानुनी कारबाही अघि बढाउँदै आएको छ। वार्षिक प्रतिवेदनमार्फत आयोगका गतिविधि र प्रगतिबारे औपचारिक जानकारी सार्वजनिक हुने गर्छ।

    राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस भएसँगै अब संवैधानिक प्रक्रियाअनुसार यसको विषयवस्तु सार्वजनिक हुने र सम्बन्धित निकायमा प्रस्तुत गरिनेछ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १२:३७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij