Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु

जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु


  • 239
    Shares

    जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु
    images

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ।

    प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले गरेका छन्। प्रदर्शनीमा जग्गा, आवास तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी र व्यवसायीहरूको सहभागिता रहेको छ।

    प्रदर्शनीमा घर निर्माण, आवास परियोजना, जग्गा तथा निर्माण सामग्रीसँग सम्बन्धित सेवा र उत्पादनबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ। यसले घर तथा आवास निर्माण गर्न चाहने सर्वसाधारणलाई विभिन्न विकल्प र सेवाबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

    प्रदर्शनी असोज ४ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले प्रदर्शनीमा सर्वसाधारणलाई सहभागी भई जग्गा, आवास तथा निर्माणसम्बन्धी नयाँ प्रविधि, सामग्री र सेवाबारे जानकारी लिन आग्रह गरेको छ।

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १२:३४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij