Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बाढीपछि आर्थिक सहयोग जुटाउन अर्थमन्त्री वाग्ले दिल्लीमा पुगे

बाढीपछि आर्थिक सहयोग जुटाउन अर्थमन्त्री वाग्ले दिल्लीमा पुगे


  • 274
    Shares

    बाढीपछि आर्थिक सहयोग जुटाउन अर्थमन्त्री वाग्ले दिल्लीमा पुगे
    images

    काठमाडौं । नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले दुईदिने औपचारिक भ्रमणका क्रममा बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। विमानस्थलमा उनलाई भारतीय वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए। 

    गत भदौ १० गते नेपालमा गएको विनाशकारी बाढीपछि पुनर्निर्माणका लागि आर्थिक सहकार्यबारे छलफल गर्न उनी नयाँ दिल्ली पुगेका हुन्। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्ले असोज १ र २ गते भारत भ्रमणमा रहनेछन्। 

    भ्रमणका क्रममा उनले भारतीय समकक्षी निर्मला सीतारमण तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गर्नेछन्। भदौ १० को बाढीका कारण नेपालका तीन जिल्लामा १ हजार ३ सय भन्दा बढीको मृत्यु हुनाका साथै करिब ४ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो। त्यस विनाशकारी विपद्पछि नेपालका तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भारत भ्रमण हो।

    भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री एस जयशङ्कर तथा वाणिज्य र उद्योगमन्त्री पियुष गोयलसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। मन्त्रीहरूसँगको छलफलका साथै उनले कन्फिडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) ले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साथै दिल्ली स्कुल अफ इकोनोमिक्समा विशेष भाषणसमेत दिने कार्यक्रम रहेको छ।

     

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १२:२९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij